उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्दै, किशोर प्रधान प्यानलको मनोनयन दर्ता गर्दै

काठमाडौं । उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको लागि आज किशोर प्रधानको नेतृत्वमा रहेको टिमले दिउँसो २ बजे मनोनयन दर्ता गर्ने भएको छ ।

 

वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधान, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसियट उपाध्यक्षमा शौरभ ज्योती मनोनयन दर्ता गर्न लागेका हुन् ।

 

शौरभ ज्योती भने अझै कोरोना पोजेटिभ नै रहेका कारण आजको मनोनयन कार्यक्रममा उपस्थित नहुने जनाइएको छ । तर, अन्य धेरै सदस्यहरु भने मनोनयन दर्ता कार्यक्रममा उपस्थित हुने बताइएको छ ।

 

उम्मेदवारी घोषणा सभामा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको पनि उपस्थिती रहेको छ ।

 

निर्वाचनको लागि अर्को प्यानलले भने यस अघि नै मनोनयन दर्ता गराइसकेको छ । वर्तमान एशोसियट उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो मनोनयत दर्ता गराएका हुन् ।

 

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारीले मनोनयन दर्ता गराएका हुन् ।

 

उद्योग वाणिज्य महासंघको निवार्चन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

कालीगण्डकीमा जल यातायात सेवा शुरु Read Previous

कालीगण्डकीमा जल यातायात सेवा शुरु

‘मोटु-पत्लु’ निर्माता कम्पनीले साढे ९ अर्बको आइपीओ ल्याउँदै Read Next

‘मोटु-पत्लु’ निर्माता कम्पनीले साढे ९ अर्बको आइपीओ ल्याउँदै