भारतका चर्चित सेयर लगानीकर्ता (बिगबुल) राकेश झुनझुनवालाको कम्पनी ‘नजारा टेक्नोलोजी’ ले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।
बालबालिमा माझ निकै लोकप्रिय रहेको कार्टुन कार्यक्रम ‘मोटु–पत्लु’ र ‘छोटा भीम’ को निर्माता समेत रहेको गेमिङ प्लेटफर्म कम्पनी नजाराले सर्वसाधरणमा सेयर जारी गर्ने भएको हो ।
कम्पनीले आइपीओ विक्री गरेर सर्वसाधारणबाट साढे ७ देखि साढे ९ अर्ब भारु जुटाउने भएको छ । कम्पनीको आइपीओ आउँदो जनवरीदेखि फेब्रुअरीभित्र आइसक्ने जनाइएको छ ।
कम्पनीले आइपीओ निष्काशन प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । सोही क्रममा कम्पनीले आइपीओ जारी गर्न नोमुरा, जेफरिज र आइसीआइसीआइ सेक्युरिटिजलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
अहिले भारतीय स्टकमा सूचीकृत नभए पनि नजाराको सेयरअसूचीकृत बजार (नेपालको ओभर द काउन्टर (ओटीसी) मार्केट जस्तै) मा कारोबार भइरहेको छ । ओटीसी मार्केटमा अप्रिल यता कम्पनीको सेयर मूल्य अहिलेसम्म ६५ प्रतिशतले बढिसकेको छ।
त्यो बजारमा कम्पनीको सेयर मूल्य प्रति कित्ता ७७० भारु छ। दोस्रो बजारमा नजाराको सेयर गेमिङ प्लेटफर्म कम्पनीबाट पहिलो सेयर हुनेछ।-इकोनोमिक टाइम्स