काठमाडौं । ६० करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) ल्याउने प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफा झन्डै दोब्बरले बढाएको छ ।
इन्स्योरेन्सले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ७ करोड २२ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९१.८७ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा ३ करोड ७६ लाख खुद मुनाफा कमाएको थियो ।
इन्स्योरेन्सले जीवन बीमा कोष, खुद बीमा शुल्कमा संकलमा उल्लेख्य सुधार गर्दा नाफा बढाउन सफल भएको हो । समीक्षा अवधिमा ज्योतिको खुद बीमा शुल्क संकलन पनि झन्डै दोब्बरले बढेको छ । कम्पनीले असोज मसान्तसम्म ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने गत आवको सोही अवधिमा २८ करोड ४२ लाख ६४ हजार संकलन गरेको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष १४७.०५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोष ९१ करोड ४६ लाख ५६ हजार रुपैयाँ थियो ।
हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.२३ रुपैयाँ रहेको छ ।
कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । तयारी गरेको छ ।