बैंकबाट माइक्रोफाइनान्स तर्फ डाइभर्ट हुँदै लगानीकर्ता, आधा दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गत साता करिब ४० अंकले बढेको बजार यो साताको पहिलो दिन करिब ५ अंकले घटेर बन्द भएको हो ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज करिब ३ अर्ब रुपैयाँको कारोबार भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ४.७२ अंकले घटेर १६४०.९६ विन्दुमा आइपुगेको छ । यसदिन १९६ कम्पनीको २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा आकर्षित भएका छन् । गत साता बैंकको सेयरमा झुम्मिएका लगानीकर्ता प्रफिट बुक गरेपछि आज माइक्रोफाइनान्सतर्फ डाइभर्ट भएका हुन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक हरियो भएका छन् भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको परिसूचक २९.४१ अंकले बढेको छ भने होटल समूहको १५.२९ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा शिवश्री हाइड्रोपावर परेको छ । यसको सबैभन्दा धेरै २३ करोड २७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अपि पावर र प्राइम कमर्शियल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

घट्दो बजारमा पनि आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शिवश्री हाइड्रोपावर, नेपाल फाइनान्स, जलविद्युत् कम्पनी, विशाल बजार कम्पनी, हिमालयन ऊर्जा र नेरुड्डे लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज सानिमा इक्वीटी फण्डका सेयरधनीले सबैभन्दा धेरै ५.३० प्रतिशतले गुमाएका छन् ।

ट्रम्प कार्यकालमा अमेरिकी धनाढ्यहरू मालामाल, उनको आफ्नै व्यवसाय भने खस्कँदै Read Previous

ट्रम्प कार्यकालमा अमेरिकी धनाढ्यहरू मालामाल, उनको आफ्नै व्यवसाय भने खस्कँदै

बञ्चरेडाँडामा १ महिना भित्र फोहोर फ्याल्ने व्यवस्था मिलाउन निर्देशन Read Next

बञ्चरेडाँडामा १ महिना भित्र फोहोर फ्याल्ने व्यवस्था मिलाउन निर्देशन