विश्व आर्थिक महाशक्ति अमेरिका अहिले चुनावको संघारमा उभिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालको लागि निर्वाचित हुने विश्वासका साथ चुनावमा होमिएका छन् भने बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका जो बाइडेन पहिलो पटक राष्ट्रपतिको कुर्सीमा बस्नको लागि चुनावी अभियानमा छन् ।
राष्ट्रपति ट्रम्प कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको र अघिल्लो चुनावका बाचा गरे अनुसारको आर्थिक विकास गर्न नसकेका कारण आलोचित छन् ।
विभिन्न विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने यी राष्ट्रपतिको कार्यकालमा उल्लेख्य केही काम नभए पनि अमेरिकी अर्बपतिहरू भने अझ धेरै धनी भएका छन् । अमेरिकाका करिब २०० जना धनाढ्य मानिसहरूको सम्पत्ति १ ट्रिलियन डलरले बढेको छ ।
विभिन्न विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने यी राष्ट्रपतिको कार्यकालमा उल्लेख्य केही काम नभएपनि अमेरिकी अर्बपतिहरू भने अझ धेरै धनी भएका छन्, उनको ४ वर्षे कार्यकालमा । ट्रम्प आफैं पनि अर्बपति व्यापारी हुन् । उनको कम्पनीले मूल रूपमा ‘रियल स्टेट’को कारोबार गर्छ ।
ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाका करिब २०० जना धनाढ्य मानिसहरूको सम्पत्ति १ ट्रिलियन डलरले बढेको छ । अमेरिकामा यी धनाढ्यहरूको जनसंख्या भनेको त्यहाँको कुल जनसंख्याको ०.००००६ प्रतिशत मात्र हो ।

त्यसैले अबको निवार्चनले अमेरिकाको भविष्य मात्र नभएर यी अर्बपतिहरूको पनि भविष्यको निर्धारण गर्ने अनुमान गर्न थालिएको छ । जो बाइडेनले जिते कार्पोरेट कर बढाउने योजना रहेको छ । हाल २१ प्रतिशत रहेको कर्पोरेट कर २८ प्रतिशतसम्म पुर्याउने योजना बाइडेनको रहेको छ ।
ट्रम्पको कारणले मात्र अमेरिकामा आर्थिक असमानता नबढाएको तर उनले यो गतिलाई भने तीव्र पारेको रिड कलेजका अर्थशास्त्रका प्राध्यापक किम्बर्ली क्लाउजीङ बताउँछन् ।
ट्रम्प राष्ट्रपति हुनु अघिल्लो रातसम्म अमेरिकी अर्बपतिहरूको कुल सम्पत्ति १.८ ट्रिलियन डलर रहेको थियो भने अहिले त्यो बढेर २.८ ट्रिलियन डलर पुगेको छ ।
ट्रम्पको कार्यकालमा उनले खासै मन नपराउने अर्बपति जेफ बेजोसले नै सबैभन्दा धेरै कमाएका छन् । उनले ट्रम्पको कार्यकालमा आफ्नो सम्पत्ति १२१ अर्ब डलर पुर्याएका छन् । तर, ट्रम्पले धेरै रुचाएका उर्जा, रियल स्टेट र औद्योगिक कम्पनीहरूले भने कुल रूपमा आफ्नो सम्पत्ति बढाउन सकेका छैनन् ।

ट्रम्पको कार्यकालमा सेयर बजारमा राम्रो वृद्धि भएका कारण अर्बपतिहरूको सम्पत्तिमा भारी वृद्धि भएको हो । ट्रम्पको कार्यकालमा लाभांश समेत गरेर एस एण्ड पी ५०० को सूचक ६७ प्रतिशतले बढेको छ भने नासडाकको सूचक १२५ प्रतिशतले वृद्धि भएको छ ।
महामारी शुरू नहुँदासम्म सामान्य कामदारहरूको पनि आम्दानीमा थोरै वृद्धि भएको थियो । तर, महामारीले भने आर्थिक असमानतालाई अझ फराकिलो पार्नलाइ धेरै सहयोग पुर्यायो । धेरै सामान्य कामदारहरूले आफ्नो आम्दानी गुमाए भने सेयर बजार भने लयमा फर्किएका कारण अर्बपतिहरूको सम्पत्तिमा भने व्यापक बढोत्तरी भयो ।
अर्बपतिहरू मध्ये पनि ५० जना धनी अर्बपतिहरूको कुल सम्पत्ति ८३५ अर्ब डलरले बढेको छ । सम्पत्ति बढेका कारण अर्बपतिहरूको उपभोगमा पनि भारी वृद्धि भएको देखिएको छ । महङ्गा रियल स्टेटको कारोबार पनि भएको छ । न्युयोर्कको एउटा पेन्ट हाउस २३ करोड ८० लाख डलरमा विक्री भएको छ । महङ्गा कलाकृतिको मूल्य अझै बढेको छ भने कारोबार पनि बढेको छ । खेल टोलीहरूको मूल्याङ्कनमा पनि वृद्धि भएको छ ।

धनाढ्यहरूले राजनीतिमा पनि ठूलै लगानी गरेका छन् । अहिले चुनावमा दुवै पक्षलाई उनीहरूको सहयोग रहेको बताइएको छ ।
बाइडेनले वार्षिक ४ लाख डलर भन्दा बढी कमाउनेको लागि कर बढाउने बताएका छन् । ‘मानिसहरू अहिले घर, गाडीको मोर्टगेज तिर्न सकिरहेका छैनन् । उनीहरूले देखिरहेका छन् धनी मानिसहरूले धेरै राम्रो गरेको । त्यसैले हामीलाई चाँही कसले सहयोग गर्छ भनेर उनीहरू अत्तालिएका छन्,’ बाइडेनले भनेका छन् ।
ट्रम्प भने आफूले जिते इतिहासकै उत्कृष्ट अर्थतन्त्र बनाउनृ दाबी गरिरहेका छन् । उनी आफ्नो कार्यकालमा असमानता घटेको पनि दाबी गरिरहेका छन् ।
ट्रम्पलाई अमेरिकाका धनी १ प्रतिशत मध्येका मानिसहरूको धेरै सर्मथन छ ।