एप्पलको बजार हिस्सा घट्दै, सामसङ बन्यो विश्वकै उत्कृट स्मार्टफोन

काठमाडौं । कोरियाली प्रविधि कम्पनी सामसङ विश्वकै उत्कृष्ट स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ ।

 

इन्टरनेशनल डाटा कर्पोरेशन (आइडीसी) ले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासको तथ्यांक अनुसार स्मार्टफोनको विश्व बजारको कुल हिस्सामध्ये २२.७० प्रतिशत हिस्सा ओगट्दै उत्कृष्ट ब्रान्ड बन्न सफल भएको हो ।

 

आइडीसीले सम्बन्धित कम्पनी वा ब्रान्डले सिपमेन्ट गरेको फोनको संख्या र बजार हिस्सालाई आधार मान्नेर सूची सार्वजनिक गरेको हो ।

 

आइडीसीको तथ्यांक अनुसार कोरियाली चिनियाँ कम्पनी हुवावे दोस्रोमा रहेको छ । यस्तै, अमेरिकी कम्पनी एप्पललाई उछिन्दै चिनियाँ कम्पनी साओमी तेस्रो स्थानमा उक्लिएको छ । साओमीले चिनियाँ कम्पनी ओप्पोलाई समेत पछि पारेको छ ।

यस्तै, बजार हिस्सा घट्दै गएको एप्पल चौथो र चिनियाँ कम्पनी भिभो ब्रान्डका आधारमा विश्वको उत्कृट पाँच कम्पनी बनेका छन् । २०२० को तेस्रो त्रैमाससम्ममा विश्व बजारमा कुल ३५ करोड ३६ लाख थान स्मार्टफोन आपूर्ति भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ लाख थानले बढी थियो ।

 

सामसङले चालू वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ४ लाख थान सिपमेन्ट गरेको आइडीसीको तथ्यांकले देखाएको छ । यस्तै, हुवावेको ५ करोड १९ लाख, साओमीको ४ करोड ६५ लाख र एप्पलको ४ करोड १६ लाख थान रहेको छ । सामसङको बजार हिस्सा गत वर्षको तुलनामा करीब १ प्रतिशतले बढेर २२.७ प्रतिशत पुगेको छ ।

 

यस्तै, समीक्षा अवधिमा हुवावेको बजार हिस्सा झन्डै ४ प्रतिशत र सिपमेन्टमा २२ प्रतिशतले गिरावट देखिएको छ । साओमीले भने विश्व बजारमा गत वर्षको भन्दा ४२ प्रतिशतले बजार हिस्सा बढाएको छ । समीक्षा अवधिमा साओमीले गत वर्षको भन्दा १ करोड ३८ लाख थान बढी स्मार्टफोन सेट विश्व बजारमा पुर्‍याएको छ । साओमीको बजार हिस्सा अघिल्लो वर्षको ९.१ प्रतिशतबाट अहिले १३.१ प्रतिशत पुगेको छ ।

 

बजार गुमाउँदै गएको एप्पलको भने बजार हिस्सा समीक्षा अवधिमा १३ प्रतिशतबाट ११.८ प्रतिशतमा झरेको देखिन्छ । यस अवधिमा यसको सिपमेन्ट पनि १०.६ प्रतिशतले कम भएको छ ।

 

पाँचौं स्थानमा रहेको भिभोले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ४.२ प्रतिशतले स्मार्टफोन सिपमेन्ट वृद्धि गर्दै ३ करोड १५ लाख थान पुर्‍याएको छ । बजार हिस्सा पनि ०.५ प्रतिशतले बढाएर ८.९ प्रतिशत हासिल गरेको छ ।

कोरोना यता डेढ लाख नेपाली विदेशबाट फर्किए, उनीहरुको सीपको उपयोग कसरी गर्ने Read Previous

कोरोना यता डेढ लाख नेपाली विदेशबाट फर्किए, उनीहरुको सीपको उपयोग कसरी गर्ने

ट्रम्प कार्यकालमा अमेरिकी धनाढ्यहरू मालामाल, उनको आफ्नै व्यवसाय भने खस्कँदै Read Next

ट्रम्प कार्यकालमा अमेरिकी धनाढ्यहरू मालामाल, उनको आफ्नै व्यवसाय भने खस्कँदै