लक्ष्मी बैंकलाई एडीबीद्वारा अग्रणी साझेदार बैंकको रूपमा सम्मानित

काठमाडौं । लक्ष्मी बैंक एशियाली विकास बैंक (एडीबी)को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)बाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मानित भएको छ ।

 

टीएससीएफपीसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

 

बैंकले हाल देशभरका १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर निर्माणलाई तीव्रता दिइने Read Previous

मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर निर्माणलाई तीव्रता दिइने

हुम्ला विमानस्थलमा पुनः कालोपत्रको काम धमाधम हुँदै, १५ दिनभित्र सकिने Read Next

हुम्ला विमानस्थलमा पुनः कालोपत्रको काम धमाधम हुँदै, १५ दिनभित्र सकिने