डिजीटल दक्षिणाः कोरोनाबाट जोगिने र नोट झुत्रो हुनबाट जोगाउने राम्रो उपाए

काठमाडौं । आज दशैंको सबैभन्दा महत्वपूर्ण दिन बिजया दशमी । मान्यजन सँग टिका जमरा लगाउने र दक्षिणा लिने–दिने दिन । तर, यो वर्ष सहज छैन । महामारी व्याप्त भएका कारण सहज ढंगले टिका लगाउन र दक्षिणा लिन दिने अवस्था छैन । सरकारले पनि आफु जहाँ छौं त्यहिँबाट दशै मनाउनका लागि आग्रह गरेको छ ।

 

त्यसैले यसपाली प्रबिधिको माध्यमबाटै टिका लगाउने र त्यसैगरी दक्षिणा दिने–लिने काम गर्न सकिन्छ । यो भविष्यको लागि पनि नयाँ प्रयोग हुनसक्छ । यसपालीको दशैं यसरी मनाउँदा नै शुरक्षित हुने देखिएको छ ।

 

डिजीटल पेमेन्ट सेवा प्रदायक इ–सेवाका सिइओ रोशन लामिछाने दशैंमा डिजिटल दक्षिणा अहिलेको सन्दर्भमा निकै उपयोगी हुने बताउँछन् । इ–सेवाले ४ वर्ष अघि ‘टिका निधारमा पैसा मोबाईलमा’ भन्ने नाराका साथ कार्यक्रम ल्याएको थियो । अहिलेको अवस्थामा नोटको तुलनामा डिजिटल दक्षिणा शुरक्षित र निकै उपयोगी हुने उनी बताउँछन् ।

 

कोरोना भाइरस कागजको पैसामा २८ घण्टासम्म बस्न सक्छ भनेर कही अध्ययनहरुले देखाएका छन् । त्यसैले कोभिडलाई मध्यनजर गर्दै पैसा दिने भन्दा डिजिटल दक्षिणा दिने सल्लाह उनी दिन्छन् ।

 

यस्तै, अबिरका कारण ५ वर्ष चल्ने नयाँ नोट १ वर्ष मै पुरानो हुने गर्छ । दशैंमा नयाँ नोट निकाल्नु सरकारलाई पनि घाटा हुने उनले बताए । ‘त्यस्तो घाटा कम गर्नको बानी बसाल्ने अवसर पनि हो यो,’ उनी भन्छन् ।

 

 

‘डिजिटल दक्षिणा भन्दा अर्को विकल्प छैन, पैसाबाट कोरोना सर्ने डब्लुएचओले बताएको छ । त्यस्तै पैसालाई अबिरमा मुसेर पुरानो पार्नु भन्दा यो धेरै राम्रो हो,’ सिइओ लामिछानेले भने ।

 

डिजीटल दक्षिणाका लागि नेपालमा प्रयोगमा आएका कुनै पनि डिजिटल पेमेन्ट एप डाउनलोड गर्न सकिन्छ । सो एप मार्फत जो कसैको खाता, मोबाइल नम्बरमा पैसा पठाउन सकिन्छ ।

 

यसैलाई मध्यनजर गर्दे अहिले नेपालमा प्रयोगमा रहेका केही एपहरुको विषयमा जानकारी दिदैछौं । जसको माध्यमबाट सबैले सजिलै रकम आदन प्रदान गर्न सक्ने छन् ।

 

ई–सेवाः ई–सेवा एप कुनै पनि एन्ड्रोएड अथवा आइओइसको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि त्यसलाई आफ्नो मेल आईडी अथवा फोन नम्बर राखेरसहजै एक्टिभेट गर्न सकिने छ । इ–सेवाबाट कुनै पनि बैंकका खातामा सजिलै पैसा ट्रान्सफर गर्नुका साथै रिचार्ज गर्न सकिन्छ ।

 

इ–सेवाले दशैं लक्षित गर्दै उपहारको व्यवस्था समेत गरेको छ । त्यसमा मोबाइल, मोटरसाइलक लगायतको उपहार राखिएको सिइओ लामिछानेले बताए ।

 

आईएमई पेः आईएमई पेमा मनिट्रान्सफर, रिचार्ज, रेमिट्याान्स लगायतका विभिन्न फिचरहरुको व्यवस्था गरिएको छ । सो एप आईफोन तथा कुनै पनि एनड्रोएड मोबाईलमा सजिलै डाउनलोड हुन सक्छ । उक्त एप फोन नम्बर राखेर सजिलै एक्टिभेट गर्न सकिने छ ।

 

खल्तीः खल्ती रकम पठाउन, रिचार्ज गर्न, विभिन्न पेमेन्टका लागि निकै प्रयोगमा आएको छ । यो कुनै पनि एन्ड्रोएड मोबाई तथा आईफोनमा सजिलै डाउनलोड गर्न सकिन्छ । यसलाई इमेल आइडी अथवा फोन नम्बरबाट सजिलै प्रयोग गर्न सकिने छ ।

 

आई–पे, इ–नेट पेमेन्ट र डिपैसा, सेल पे, प्रभु पेलगायत एपहरुको पनि प्रयोग गर्न सकिने छ । यी एपहरुबाट मोबाइल रिचार्ज तथा सहजै पैसा आदन प्रदान गर्न सकिने छ ।

७ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति Read Previous

७ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति

यती एअरलाइन्सको दशैँ अफर, स्वदेशमा यात्रा गर्दा जोडीले विदेश घुम्न पाउने Read Next

यती एअरलाइन्सको दशैँ अफर, स्वदेशमा यात्रा गर्दा जोडीले विदेश घुम्न पाउने