७ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।

 

२७ वटा वाणिज्य बैंकमध्ये हालसम्म ७ वटा वाणिज्य बैंकहरुले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने सबै बैंकहरुले बोनस सेयर र नगद दुवै लाभांश घोषणा गरेका छन् ।

 

हालसम्म माछापुच्छे, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा, ग्लोबल आइएमई, एनआइसी एशिया र कुमारी बैंकले लाभांश घोषणा गरेका छन् । कोरोनका कारण खुद मुनाफा घटेसँगै अधिकांश बैंकहरुले अघिल्लो वर्षको तुलनामा लाभांश पनि घटाएका छन् ।

 

गत आवको मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये एनआइसी एशिया बैंकले सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको छ । एनआइसीले १९ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित १ नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले समान १६/१६ प्रतिशत लाभांश घोषणा गरेका छन् । ग्लोबलले १४ प्रतिशत बोनस सेयर तथा २ प्रतिशत नगद र बैंक आफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।

 

त्यस्तै, कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

 

सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.६० प्रतिशत नगद गरी १३.६० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, सिटिजन्स बैंकले आवको वितरण योग्य मुनाफाबाट ७.७० प्रतिशत बोनस सेयर र ३.३० नगद गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

 

हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंकले सबैभन्दा कम लाभांश घोषणा गरेको छ । माछापुच्छ्रेले ७.०३ प्रतिशत बोनस सेयर र ३.७३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

 

बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकहरुको वार्षिक साधरण सभाले स्वीकृति गरेपछि सेयरधनीले पाउनेछन् । सेयरधनीलाई लाभांश वितरण गर्न सानिमा र माछापुच्छ्रेले भने साधरण सभाको मितिसमेत तोकिसकेका छन् ।

अस्पताल सहजै जान सक्ने अवस्था छैन, खाने र तास खेल्ने मात्र गर्नु भन्दा यी ठाउँहरुमा हाइकिङ पनि जाउँ Read Previous

अस्पताल सहजै जान सक्ने अवस्था छैन, खाने र तास खेल्ने मात्र गर्नु भन्दा यी ठाउँहरुमा हाइकिङ पनि जाउँ

डिजीटल दक्षिणाः कोरोनाबाट जोगिने र नोट झुत्रो हुनबाट जोगाउने राम्रो उपाए Read Next

डिजीटल दक्षिणाः कोरोनाबाट जोगिने र नोट झुत्रो हुनबाट जोगाउने राम्रो उपाए