एनआइबीएल एस क्यापिटलले २२.२२ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआइबीएल एस क्यापिटलको आठौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । क्यापिटलको सभा बुधबार लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको सभाले गत आवको नाफाबाट सेयरधनीलाई २२.२२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

 

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, गत आवको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

 

एकमात्र सेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेको उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए ।

अब विद्युतीय गाडीको ‘रोड ओपिनियन टेस्ट’ उपकरण मार्फत गरिने Read Previous

अब विद्युतीय गाडीको ‘रोड ओपिनियन टेस्ट’ उपकरण मार्फत गरिने

कोरोनाको चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय, ४ करोड ६० लाख डोज किन्ने Read Next

कोरोनाको चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय, ४ करोड ६० लाख डोज किन्ने