एनआइसी एशिया बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १.०५ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५  प्रतिशत लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

क्लासिक टेकद्वारा स्पाइनल मस्कुलर पीडित बालिकाको उपचारका लागि १० लाख सहयोग Read Previous

क्लासिक टेकद्वारा स्पाइनल मस्कुलर पीडित बालिकाको उपचारका लागि १० लाख सहयोग

केरुङ नाकामा लुटिँदै नेपाली व्यापारी, २६ किमीको भाडा मात्रै ९ लाख बढी तिनुपर्ने बाध्यता Read Next

केरुङ नाकामा लुटिँदै नेपाली व्यापारी, २६ किमीको भाडा मात्रै ९ लाख बढी तिनुपर्ने बाध्यता