काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । आइतबार साढे १३ अबंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो ।
आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ३२ अर्ब रुपैयाँले बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से १३.२२ अंकले बढेर १५८३.६१ विन्दुमा पुगेको छ । यसदिन १९३ कम्पनीको १ अर्ब २७ करोड ९५ करोड १८ लाख २९ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको छ । ५० लाख २४ हजार ५० कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटै समूहको परिसूचक हरियो भएका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ७८.१२ अंकले बढेको छ ।
कारोबारका आधारमा आज अरुण काबेली पावर कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको सबैभन्दा धेरै ९ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अपी पावर र जलविद्युत लगानी कक्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज पनि लगानीकर्ता हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । कारोबारमा आएका अधिकांश हाइड्रो कम्पनीको सेयर सेयर मूल्य बढेको छ ।
आज ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज जनरल इन्स्योरेन्स, माउन्टेन, हिमाल दोलखा र जोशी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज नेपाल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै १.८६ प्रतिशतले गुमाएका छन् ।