चालू महामारीले थिलथिलो बनाएपछि ठूल्ठूला तेल र ग्यास कम्पनीहरू पनि बाँच्नको लागि ‘मर्जर’ र ‘एक्विजिशन’को बाटोमा लागेका छन् ।धेरै कम्पनीहरू अहिले उत्खनन घटाउन, कर्मचारी निकाल्न र सम्पत्ति बेच्न तर्फ लागेका छन् ।
यसै हप्ता कोनोको फिलिप्सले कोन्चो रिर्सोसेस कम्पनी ९.७ अर्ब डलरमा खरिद गर्ने घोषणा गरेको छ । केही दिन अघि चेभ्रनले नोबल इनर्जी खरिद गरेको थियो । गत महिना पनि डेभोन इनर्जीले डब्लुपीएक्स २.६ अर्ब डलरमा खरिद गर्ने बताएको थियो ।
५० अर्ब डलरभन्दा बढी ऋण भएका ५० भन्दा बढी उत्तर अमेरिकी तेल कम्पनीहरू यो वर्ष टाट पल्टिसकेका छन् । पछिल्लो समय जलवायु परिर्वतन भइरहेको र सरकारहरूले पनि नियम कानून कडा बनाएकाले पनि यस्ता कम्पनीहरूको व्यवसाय अनिश्चत हुँदै गइरहेको छ ।
अहिले तेलको मूल्य प्रति ब्यारल ४० डलरको वरपर घुमिरहेको छ । यो भनेको करिब करिब ‘ब्रेक इभन पोइन्ट’ हो ।तर, धेरै कम्पनी र लगानीकर्ताहरू यस्ता मर्जर र एक्विजिशनले मात्र यो क्षेत्र जोगाउँछ भन्नेमा विश्वास गर्दैनन् । त्यस कारण विश्व बजारमा यस्ता कम्पनीहरूको सेयर मूल्यमा पनि उच्च गिरावट आइरहेका छन् ।
ठूला कम्पनीहरूको आम्दानी तेल र ग्यासको मूल्यमा नै धेरै आधारित हुने भएको र तेलको मूल्य धेरै तल रहेकाले यस्ता कम्पनीहरूको आम्दानीमा धेरै गिरावट आएका छन्, महामारीयता । यो वर्ष अमेरिकामा मात्र १ लाख भन्दा धेरै जनाले तेल कम्पनीबाट जागिर गुमाएका छन् ।
५० अर्ब डलरभन्दा बढी ऋण भएका ५० भन्दा बढी उत्तर अमेरिकी तेल कम्पनीहरू यो वर्ष टाट पल्टिसकेका छन् । पछिल्लो समय जलवायु परिर्वतन भइरहेको र सरकारहरूले पनि नियम कानून कडा बनाएकाले पनि यस्ता कम्पनीहरूको व्यवसाय अनिश्चत हुँदै गइरहेको छ ।
युरोपियन तेल तथा ग्यास कम्पनीहरूले आफ्नो आफ्नो व्यवसायको दिशा परिर्वतन गर्न थालिसकेका छन् । उनीहरूले वायु र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जाको क्षेत्रमा आफ्नो लगानी विस्तार गर्न थालेका छन् । तर, सीमित कम्पनीहरूले मात्र यो क्षेत्रमा सफलता हासिल गर्न सकेका छन् ।
अहिले विश्वभरिका तेल कम्पनीहरू सकेसम्म बढी नगद संकलन गर्न र सर्भिस कम्पनीहरूसँग नयाँ सम्झौता गर्न लागिपरेका छन् । तेल व्यवसायले गति लिन थालेपछि पछिल्लो दशकमा साना–ठूला कम्पनीहरूले अर्बौं डलरको लगानी यो क्षेत्रमा गरेका थिए ।
यो वर्ष भने लगानीमा ह्वात्तै गिरावट आएको छ । अमेरिकामा मात्र लगानी यो वर्ष ४५ अर्ब डलरमा झरको छ । सन् २०१८ र २०१९ मा १०० अर्ब डलर भन्दा बढी लगानी यो क्षेत्रमा भएको थियो ।
परिणामस्वरुप अमेरिकामा यो सेप्टेम्बर महिनामा तेल उत्पादन प्रति दिन १ करोड १२ ब्यारेलमा झरेको छ । वर्षको शुरुवातमा १ करोड ३० लाख ब्यारल तेल दैनिक उत्पादन भएको थियो । खपत पनि धेरै घटेको छ । अमेरिकीहरूले १२.३ प्रतिशत कम माइल गाडी चलाएका छन् ।
विश्वव्यापी रुपमा सेप्टेम्बर महिनामा गत वर्षको भन्दा ६ प्रतिशत कम तेल खपत भयो । माग भन्दा उत्पादन बढी छ, जसले गर्दा मूल्य बढ्न सकेको छैन । आगामी दिनहरूमा तेलको खपतमा अझ गिरावट आउने जानकारहरूको आंकलन छ ।