विश्व अर्थतन्त्र नै चौपट हुँदा पनि कसरी भइरहेको छ चीनको अर्थतन्त्रमा वृद्धि

काठमाडौं । कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा निरन्तर वृद्धि देखिएको छ । चालू आवको पहिलो त्रैमासमा ६.८ प्रतिशतले ऋणात्मक भएको चीनको अर्थतन्त्र त्यसयता भने निरन्तर उकालो लागेको हो ।

 

सोमबार चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनओएस)ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को तेस्रो त्रैमासमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले बढेको छ ।यसअघि दोस्रो त्रैमासमा चीनको जीडीपी ३.२ प्रतिशतले बढेको थियो ।

 

कोरोनाको महामारीको कारण पहिलो त्रैमासमा आर्थिक गिरावटको सामना गरे पनि त्यसयता भने चीनको अर्थतन्त्रमा निरन्तरको सुधार देखिएको हो ।सन् २०२० को सुरुआती ९ महिनामा चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले बढेको छ ।

पछिल्लो समय चीनको विभिन्न आर्थिक सूचकहरुमा पनि निरन्तर सुधार आइरहेको देखिएको छ । गत सेप्टेम्बर महिनाको तथ्यांकअनुसार चीनको निर्यात ९.९ प्रतिशत बढेको थियो भने आयातमा पनि १३.२ प्रतिशतको वृद्धिदर हासिल भएको थियो । यसले पनि व्यापारको हिसाबमा चीन लयमा फर्किन थालेको देखाएको छ ।

 

विश्लेषकहरुका अनुसार पछिल्लो समय चीनको आन्तरिक खपतमा वृद्धि, निर्यातमा देखिएको उल्लेख्य सुधार लगायत कारण अर्थतन्त्र निरन्तर उकालो लागेको हो ।

 

यद्यपि कोरोनाको महामारीको कारण कमजोर बनेको चीनको अर्थतन्त्र पूर्णरुपमा समस्याबट बाहिर आयो भन्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ ।एजेन्सी

काँग्रेस सबै सांसदलाई दशैँ भत्ता फिर्ता गर्न देवाउको निर्देशन Read Previous

काँग्रेस सबै सांसदलाई दशैँ भत्ता फिर्ता गर्न देवाउको निर्देशन

चीनलाई टक्कर दिने लक्ष्य बोकेको भारतीय अर्थतन्त्र बंगलादेशको भन्दा पछि पर्दै Read Next

चीनलाई टक्कर दिने लक्ष्य बोकेको भारतीय अर्थतन्त्र बंगलादेशको भन्दा पछि पर्दै