काँग्रेस सबै सांसदलाई दशैँ भत्ता फिर्ता गर्न देवाउको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

 

काँग्रेसको सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि निर्देशन दिएका हुन् ।

 

काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशन बमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए।

 

उनले यस्तो सङ्कटको अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुउत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

 

सरकारले जनताको कोरोनाको उपचार गर्न नसक्ने भनेर हात उठाउने तर असामान्य अवस्थामा पनि सुविधाभोगी भएको भन्दै चौतर्फी आलोचना भएको थियो । सत्तारुढ सहित अन्द दलका केही सांसदले भने यस अघिनै दशैं भत्ता फिर्ता गरिसकेका छन् ।

नेप्सेद्वारा ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार लाइसेन्स खारेज Read Previous

नेप्सेद्वारा ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार लाइसेन्स खारेज

विश्व अर्थतन्त्र नै चौपट हुँदा पनि कसरी भइरहेको छ चीनको अर्थतन्त्रमा वृद्धि Read Next

विश्व अर्थतन्त्र नै चौपट हुँदा पनि कसरी भइरहेको छ चीनको अर्थतन्त्रमा वृद्धि