नेप्सेद्वारा ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार लाइसेन्स खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार लाइसेन्स खारेज गरेको छ ।

 

नेप्सेका अनुसार ५ ब्रोकरले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएकाले ती ब्रोकरहरुको सदस्यता खारेज गरिएको हो ।

 

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६ (२) मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका सदस्य दलालहरुको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ।

 

मार्जिन लाइसेन्स खारेज हुने ब्रोकरहरुमा ब्रोकर नं २८ श्री कृष्ण सेक्युरिटिज, ब्रोकर नं. ५२ सुन्धारा सेन्यूरिटिज, ब्रोकर नं १० प्रज्ञान सेक्युरिटिज, ब्रोकर नं ५८ नासा सेक्युरिटिज र ब्रोकर नं २२ सिप्रवी सेक्युरिटिज रहेका छन् ।

 

यी ब्रोकर कम्पनीहरूले तिर्नुपर्ने नवीकरण शुल्क तिरेमा भने पुनः मार्जिन कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ । मार्जिन कारोबार अनुमति पाएका २२ ब्रोकर कम्पनीहरुमध्ये अन्य १७ ब्रोकर कम्पनीहरुले नवीकरण गर्न निवेदन दिएका छन्। नेप्से ती ब्रोकरहरुको सदस्यता नवीकरण गरेको छ।

वेस्टर्न युनियनले ल्यायो 'दशैंको सौगात', भाग्यशाली विजेताले १० लाख पाउने Read Previous

वेस्टर्न युनियनले ल्यायो 'दशैंको सौगात', भाग्यशाली विजेताले १० लाख पाउने

काँग्रेस सबै सांसदलाई दशैँ भत्ता फिर्ता गर्न देवाउको निर्देशन Read Next

काँग्रेस सबै सांसदलाई दशैँ भत्ता फिर्ता गर्न देवाउको निर्देशन