काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले ६० लाख कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशनका लागि रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘आइआर बीबी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत वित्तीय अवस्था औसत रहेको संकेत गर्दछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्न असोज १४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
साथै, कम्पनीले आइपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्ति गरिसकेको छ । अब बोर्डबाट अनुमति पाउने बित्तिकै आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
हाल इन्सुरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओ निष्काशन पछि २ अर्ब रुपैयाँ पुग्नेछ ।