दशैंका लागि यसरी छान्नुहोस् स्वस्थ्य खसीबोका

काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकामा खसीबोका, च्याङ्ग्रा लगायत चौपाय भित्रिन थालेका छन् । व्यापारीहरुले वीरगञ्ज, हेटौंडा, पोखरा लगायत स्थानबाट खसीबोका ल्याएर बेच्न थालेका हुन् ।

 

केही व्यापारीले खसीबोका काठमाडौं ल्याइसकेका छन् भने केहीले ल्याउने क्रममा रहेका छन् । अहिले भक्तपुरको सल्लाघारी, कलंकी लगायत स्थानबाट खसीबोका विक्री शुरु भएको छ ।

 

यो वर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो अझै अनुमान गर्न सकिएको छैन । विगतका वर्षहरुमा दशैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया विक्री हुने गरेको थियो । काठमाडौं चौपाया खरिद विक्री प्रालिले यसपटक दशैंमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।

 

पशुसेवा महाशाखा प्रमुख बमका अनुसार चौपायहरुलाई उनीहरुको स्वास्थ्य अवस्था अनुसार सिङमा निलो र रातो रङ लगाइएको छ । स्वस्थ्य चौपायाहरुमा हरियो रङले चिनो लगाइएको छ भने अस्वस्थ चौपायाको सिङमा रातो रङको चिनो लगाइएको छ ।

 

दशैंको बेला धेरै मासु खपत हुने मौका छोपी व्यापारीहरुले अस्वस्थ्य खसीबोका समेत बेच्ने गरेको पाइन्छ । यसलाई नियन्त्रण गरी उपभोक्तालाई स्वस्थ्य मासु खुवाउन सरकारले खसीबोका, च्याङ्गा लगायत चौपायको स्वस्थ्य जाँचका लागि अनुगमन गर्ने भएको छ ।

 

काठमाडौं महानगरले चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन गर्ने भएको छ । ती टोलीले खसीबोकाको स्वास्थय अवस्था जाँच गरी स्वस्थ्य र अस्वस्थ्य खसीबोका छुट्याउने काठमाडौं महानगरका पशुसेवा महाशाखा प्रमुख डम्बरबादुर बमले जानकारी दिए ।

 

यसरी छान्नुहोस् स्वस्थ्य खसीबोका

 

पशुसेवा महाशाखा प्रमुख बमका अनुसार चौपायहरुलाई उनीहरुको स्वास्थय अवस्था अनुसार सिङमा निलो र रातो रङ लगाइएको छ । स्वस्थ्य चौपायाहरुमा हरियो रङले चिनो लगाइएको र अस्वस्थ चौपायाको सिङमा रातो रङको चिनो लगाइएको  बमले बताए ।

 

‘सबैलाई खसी, बोका, च्याङग्रा किन्दा सिङमा हरियो रङ भएको मात्र किन्न अनुरोध गछौँ, हरियो रङ लगाइएको स्वथ हुन्, सिङ्मा रातो रङ छ भने सस्तोमा दिए पनि नलिनुहोला,’ बमले चाणक्य पोष्टसँग भने ।

 

उनले शनिबार र आइतबार भएको चौपाया अनुगमनमा ३ वटा खसीबोकामा मात्र अस्वस्थ भेटिएर रातो रङ लगाइएको बताए । ती चौपायाहरुलाई छुट्टै आइसोलेसनमा अथवा छुट्याएर राख्न निर्देशन दिइएको उनले बताए ।

 

दशैंमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन महानगरले ३ वटा टोली खटाउने महानगरको पशु सेवा महाशाखाका प्रमुख अवधेश झाले बताए । महानगरले पूजा खनाल, अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य जाँच गर्न शुरू गरेको जनाएको छ ।

 

‘संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया विक्री गर्ने गराउने हाम्रो दायित्व हो । त्यसैले तोकिएका ठाउँको व्यवस्थापन र नतोकिएका ठाउँबाट हुने विक्रीलाई नियमन गर्नेछौं,’ महाशाखाका प्रमुख झाले भने ।

 

साथै माछा मासुजन्य, खाद्यवस्तु, दूध र डेरीजन्य खाद्यवस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा गरिने उनले बताए ।

 

च्याङ्ग्राको भाउ आकाशियो

 

यस वर्ष चीनबाट दशैंका लागि च्याङ्ग्रा आयात नभएको र स्वदेशमै उपलब्ध च्याङ्ग्रा कम भएकाले भाउ बढेको छ । चौपाया खरिद विक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङ्मा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७५० रुपैयाँ पुगेको छ । स्थानीय प्रशासनले शुरूमा यसको मूल्य प्रतिकिलो ६०० तोकेको थियो । यो मूल्यमा विक्री नभएपछि पछि बढाएर ७५० पुर्याइएको हो ।

 

काठमाडौंमा भने जिउँदो च्याङ्ग्राकै प्रतिकिलो १ हजार रुपैयाँ हाराहारी पनै व्यापारीहरु बताउँछन् । जिउँदो खसीको भने प्रतिकिलो ६००देखि ६२५ रुपैयाँसम्म रहेको छ ।

 

काठमाडौंको कलंकी खसी बजार सबैभन्दा ठूलो मानिन्छ । यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी रहेका छन् । तीमध्ये १६ वटाले व्यापार छाडेका छन् । अहिले बाँकी १६ स्टलबाट खसीबोका, च्याङ्ग्रा विक्री भइरहेको छ ।

 

कलंकी खसी बजारमा लकडाउनले व्यापारीको संख्या घटेको पाइन्छ । चौपाया खरिद विक्री प्रालिका पदाधिकारीका अनुसार यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद विक्री हुने गरेको छ । पछिल्लो समय सहरका केही ठाउँका मासु पसलले महिनामा १ हजार वटाभन्दा धेरै चौपायाको मासु बेच्न थालेको चौपाया विक्रेता बताउछन् ।

 

मासु पसलेले समेत आफै चौपाया सोझै खरिद गरेर ल्याउन थालेकाले झन बजारमा खसीबोका विक्री हुन मुस्कील परेको व्यापारि बताउछन् ।काठमाडौं महानगरको कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी दशैका बेला काठमाडौंका आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।

 

स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाइएको महानगरले जनाएको छ । काठमाडौं ल्याइने च्याङग्राहरुको संकलन मुस्ताङ्को कोरला नाकामा हुने भएकोले यस क्षेत्रमा पनि विशेष निगरानी बढाउने महानगरले जनाएको छ । ।

दशैंमा पहिले यात्रुले बस पाउँदैनथे, अहिले बसले यात्रु पाएनन् Read Previous

दशैंमा पहिले यात्रुले बस पाउँदैनथे, अहिले बसले यात्रु पाएनन्

प्रभु लाइफ इन्सुरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै, इक्रा नेपालले दियो यस्तो रेटिङ Read Next

प्रभु लाइफ इन्सुरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै, इक्रा नेपालले दियो यस्तो रेटिङ