सिभिल लघुवित्तको ८९ हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने आज अन्तिम दिन

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

लघुवित्तले असोज २५ गतेदेखि हकप्रदमा नबिकेको ८९ हजार ४५० कित्ता लिलामीमा ल्याएको थियो । लघुवित्तले संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर रहेको छ ।

 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० नघटाई वा सोभन्दा बढीमा आफूले किन्न चाहेको सेयर संख्या तोकी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लघुवित्तको लिलामी सेयरमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट कमलादी, काठमाडौंमा आइपुग्ने गरी सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढीबाट आवेदन दिन सक्नेछन् ।

 

त्यस्तै, बैंकको विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, घोराही, बाग्लुङ तथा महेन्द्रनगरका शाखा कार्यालयहरुबाट पनि लिलामी सेयरमा आवेदन दिन पाइनेछ ।

 

बिहीबार नेप्सेमा लघुवित्तको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भएको थियो ।

फास्ट ट्रयाकसँग मदन भण्डारी मार्ग जोडिने, सम्भावित बिन्दुको खोजी शुरु Read Previous

फास्ट ट्रयाकसँग मदन भण्डारी मार्ग जोडिने, सम्भावित बिन्दुको खोजी शुरु

चीनले ४ दिनमै गर्‍यो १ करोड १६ लाखको कोरोना जाँच, सबैको रिपोर्ट नेगेटिभ Read Next

चीनले ४ दिनमै गर्‍यो १ करोड १६ लाखको कोरोना जाँच, सबैको रिपोर्ट नेगेटिभ