चीनले ४ दिनमै गर्‍यो १ करोड १६ लाखको कोरोना जाँच, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ ।

 

विदेशबाट आएका कोरोना भाइरस सङ्क्रमितहरूको उपचार गर्ने एउटा अस्पतालसँग सम्बन्ध भएका दर्जनौँ मानिसमा सङ्क्रमण देखिएपछि त्यहाँ ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण गरेको हो ।

 

गएको हप्ता उक्त शहर १३ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । त्यसपछि सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १०.१६ मिलियन अर्थात १ करोड १६ लाख जनाको परीक्षण भएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।

 

चिङदाओका उपमेयर चिउ चिङदाओले गएको सोमबारदेखि बिहीबारसम्म झण्डै १ करोड १६ लाख मानिसमा कोरोना परीक्षण गरिएको र कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको बताएका छन् ।

 

गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।

 

गत मे महिनामा चीनले १ करोड १० लाख मानिस बसोबास गर्ने र यो विश्वव्यापी महामारीको केन्द्र ठानिएको वुहान सहरमा सम्पूर्ण जनसङ्ख्यामा यसैगरी कोरोना भाइरसको सामूहिक परीक्षण गरिएको थियो।एजेन्सी

सिभिल लघुवित्तको ८९ हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने आज अन्तिम दिन Read Previous

सिभिल लघुवित्तको ८९ हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने आज अन्तिम दिन

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, सिटिजन्सले एक्वायर गर्ने Read Next

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, सिटिजन्सले एक्वायर गर्ने