तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, सिटिजन्सले एक्वायर गर्ने

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ ।

 

तिनाउले सिटिजन्स बैंक इन्टरनेशनलसँग एक्वीजिशन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी कात्तिक १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

 

उक्त सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका हुन्।

 

सिटिजन्सले तिनाउलाई १००ः९६ सेयर अनुपातमा एक्वायर गर्ने भएको हो ।

 

हालको सिटिजन्सको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसनको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

चीनले ४ दिनमै गर्‍यो १ करोड १६ लाखको कोरोना जाँच, सबैको रिपोर्ट नेगेटिभ Read Previous

चीनले ४ दिनमै गर्‍यो १ करोड १६ लाखको कोरोना जाँच, सबैको रिपोर्ट नेगेटिभ

दशैंमा पहिले यात्रुले बस पाउँदैनथे, अहिले बसले यात्रु पाएनन् Read Next

दशैंमा पहिले यात्रुले बस पाउँदैनथे, अहिले बसले यात्रु पाएनन्