जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

 

बैंकले उक्त एक्स्टेन्सन काउण्टरर बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि  सेवा विस्तार गर्न सफल भएको छ ।

 

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

 

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

बैंकले हाल देशभरका २०९ वटा शाखा कार्यालय, १९४ वटा एटीएम, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

चिया निकासी १४७ प्रतिशतले वृद्धि, अलैँची भने घट्दो Read Previous

चिया निकासी १४७ प्रतिशतले वृद्धि, अलैँची भने घट्दो

५ हजार २२७ जनालाई सरकारी जागिरकोे अवसर Read Next

५ हजार २२७ जनालाई सरकारी जागिरकोे अवसर