सानिमा बैंकको एक्सटेन्सन काउन्टर सप्तरीको बोदेबर्साइनमा

काठमाडौं । सानिमा बैंकले सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित, बोदेबर्साइनमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

 

बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको उक्त शाखाको समुद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे ।

 

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।

 

बैंकले हाल देशभरका ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

बसभाडा जत्तिकै भाडा हुँदा पनि एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल Read Previous

बसभाडा जत्तिकै भाडा हुँदा पनि एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

अब खाली सिलिण्डरको २१०० रुपैयाँभन्दा बढी लिन नपाउने Read Next

अब खाली सिलिण्डरको २१०० रुपैयाँभन्दा बढी लिन नपाउने