युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

 

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको नाफाबाट लाभांश नबाँड्ने निर्णय गरेको हो ।

 

सो बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

 

कम्पनीले आव २०७५/७६ र २०७६/७७ गरी दुई आर्थिक वर्षको अझै साधरण सभा गर्न सकेको छैन ।

 

कम्पनीले गत आवमा कम्पनीले ३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कीर्ते कागज बनाएर अर्काको नाममा रहेको  ५० करोड बराबरको जग्गा विक्री Read Previous

कीर्ते कागज बनाएर अर्काको नाममा रहेको ५० करोड बराबरको जग्गा विक्री

दशैंको मुखमा सरकारलाई किन आयो विदेशी मदिराको याद Read Next

दशैंको मुखमा सरकारलाई किन आयो विदेशी मदिराको याद