१० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन निर्देशन दिएको छ ।

 

आयोगले प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो ।

 

‘विद्युत खरिद विक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६’ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ ।

 

आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवद्र्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले जानकारी दिए ।

 

यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।

 

कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवद्र्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युत्ले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

टीभीएसको नयाँ शोरुम सानो भर्‍याङमा, एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको आरटीआर १६० सार्वजनिक Read Previous

टीभीएसको नयाँ शोरुम सानो भर्‍याङमा, एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको आरटीआर १६० सार्वजनिक

कीर्ते कागज बनाएर अर्काको नाममा रहेको  ५० करोड बराबरको जग्गा विक्री Read Next

कीर्ते कागज बनाएर अर्काको नाममा रहेको ५० करोड बराबरको जग्गा विक्री