टीभीएसको नयाँ शोरुम सानो भर्‍याङमा, एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको आरटीआर १६० सार्वजनिक

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आफ्नो शोरुम विस्तारको क्रममा काठमाडौंको सानो भर्‍याङमा, जगदम्बा इन्जिनियरिङ्ग नाममा सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको छ ।

 

उक्त शोरुमबाट मोटरसाइकलको विक्री वितरण कम्पनीका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रावालले गरे । उक्त शोरुमको आधिकारीक उद्घाटन भने आगामी कात्तिक १ गते घटस्थापनाको दिन हुने छ ।

 

कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुमबाट विक्री पछिको सर्भिस सुविधा समेत ग्राहकले पाउने छन् ।

 

नयाँ मोडल सार्वजनिक

 

अपाचे आरटीआर १६० फोर भिमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै कम्पनीले सार्वजनिक गरेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा विक्री वितरण हुँदै आएको छ ।

 

यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा विक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको हो । योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्नेछन् ।

 

नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट अग्रवालले भने, ‘हामीले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएका छौं । एउटै मोटरसाइकलमा २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा यी मोटरसाइकल उपलब्ध हुने छन् । यसले ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’

 

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिङ विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पूरा गर्छ ।

 

स्मार्ट कनेक्ट फिचरको प्रयोग

 

चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ ।

 

कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

 

साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।

 

यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ । त्यसैगरी नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ ।

 

यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । विशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्दत गर्छ ।

 

यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दूरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ । मोवाइल माफर्त टर्न वाइ टर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोवाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

 

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ । यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखिने छ । यो विशेषतरुपमा राइड गर्दा महत्वपूर्ण हुन्छ ।

 

यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को बाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ ।

 

यस्तो छ मूल्य

 

हामीले यसअघि विक्री गर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरीएको छ ।

 

त्यसैगरी नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यसअघि विक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।

 

देशभर  विक्री शुरू हुने

 

जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल आजैबाट विक्रीको लागि राखिएको छ । विभिन्न ५ भेरियन्टमा उपलब्ध यी मोटरसाइकल ग्राहकले देशको कुनैपनि क्षेत्रबाट खरिद गर्न सक्ने छन् ।

लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकीले पाए अर्थशास्त्रको नोबेल पुरस्कार Read Previous

लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकीले पाए अर्थशास्त्रको नोबेल पुरस्कार

१० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत Read Next

१० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत