काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंका लागि नयाँ नोट नसाट्ने भएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोट सटही नगरिने जानकारी गराएको हो । यस वर्ष राष्ट्र बैंकका कुनै पनि कार्यालय र बैंकहरुमार्फत समेत नयाँ नोट सटही नगरिने जनाएको छ ।
नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले नयाँ नोट सटही गर्दा बैंकमा भीडभाड बढ्ने हुँदा यस वर्ष नयाँ नोट नसाट्ने राष्ट्र बैंकले जनाएको छ ।
‘राष्ट्र बैंककै कर्मचारी तथा अरु बैंकका कर्मचारी समेत कोरोनाबाट संक्रमित रहेको र नयाँ नोट सटही गर्दा हुने भीडले जोखिम बढ्ने भएकाले यो दशैंमा नयाँ नोट सटही नगरिने जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।
