सेयर बजारमा झिनो सुधार, लगानीकर्ता हाइड्रोबाट विकास बैंकमा डाइभर्ट

काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । पछिल्लो दुई दिनमा करिब २५ अंकले घटेको बजारमा आज सुधार आएको हो ।

 

सेयर बजार मापक सूचक नेप्से आज १.७४ अंकले बढेर १५७८.०१ विन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९३ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार १९३ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ७९.१२ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८.३४ अंकले घटेको छ ।

 

आज लगानीकर्ता विकास बैंकको सेयरमा झुम्मिएका छन् । यसअघि हाइड्रोपावरको सेयरमा झुम्मिएका लगानीकर्ता त्यसमा प्रफिट बुक गरेपछि आज विकास बैंकतर्फ डाइभर्ट भएका हुन् ।

 

आज लगानीकर्ताको रोजाइमा मुक्तिनाथ विकास बैंक परेको छ । यसको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण भ्याली हाइड्रोपावर र कामना सेवा विकास बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज मुक्तिनाथ विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज सबैको लघुवित्त कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.०५ प्रतिशतले गुमाएका छन् ।

राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट नबाँड्ने Read Previous

राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट नबाँड्ने

पशुपतिमा थप ३ विद्युतीय शवदाह निर्माण हुने Read Next

पशुपतिमा थप ३ विद्युतीय शवदाह निर्माण हुने