पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई नियुक्त भएका छन् ।

 

उनको सपथ राष्ट्रपति कार्यालय शीतल निवासमा ४ बजे तय भएको छ ।

 

पार्टीका अन्य वरिष्ठ नेताहरुसँगको सल्लाहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटनमन्त्री बनाउने निर्णय गरेको बुझिएको छ।

 

गत फागुन मा तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

घुष खानेलाई ठाउँको–ठाउँ कारवाही गर्छु : भूमी व्यवस्थापनमन्त्री Read Previous

घुष खानेलाई ठाउँको–ठाउँ कारवाही गर्छु : भूमी व्यवस्थापनमन्त्री

फुटपाथको फराकिलोपनाले लोकतन्त्रको गहिराई परिभाषित गर्छ Read Next

फुटपाथको फराकिलोपनाले लोकतन्त्रको गहिराई परिभाषित गर्छ