सगरमाथा इन्स्योरेन्स बन्यो ‘बक्स अफिस साइक्लिङ’ प्रतियोगिताको इन्स्योरेन्स पार्टनर

काठमाडौं । सगरमाथा इन्स्योरेन्स ‘बक्स अफिस साइक्लिङ २०२०’ प्रतियोगिताको इन्स्योरेन्स पार्टनर बनेको छ ।

 

‘नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाउ, पर्यावरण जोगाऔं’ भन्ने नाराका साथ शनिबार (असोज २४ गते) काठमाडौंको भद्रकालीदेखि कागेश्वरी सहिद पार्कसम्म हुने उक्त प्रतियोगिताको इन्स्योरेन्स पार्टनर बनेको हो ।

 

इन्स्योरेन्सले उक्त प्रतियोगिातामा सहभागिता जनाउने प्रतियोगीको ५ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमा गर्दिने भएको छ । साथै प्रतियोगीहरुलाई विविध आर्थिक सहयोग समेत गर्ने कम्पनीले जनाएको छ ।

 

यसैगरी इन्स्योरेन्सले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यका साथै शारीरिक तथा मानसिक स्वच्छताका लागि विगतमा पनि एडभेन्चर स्पोर्टस् अन्तर्गत फर्स्ट वोमन जर्नालिस्ट एभरेष्ट एक्सपेडिसन २०१८, मुई थाइ बक्सिङ स्पोर्टस् इभेन्ट जस्ता कार्यक्रममा आर्थिक सहयोग गर्दै आएको थियो ।

वाग्मती प्रदेशद्वारा सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू, ३ प्रतिशतमै १० लाख ऋण पाइने Read Previous

वाग्मती प्रदेशद्वारा सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू, ३ प्रतिशतमै १० लाख ऋण पाइने

राष्ट्र बैंकले तोक्यो वालेटमार्फत राजस्व तिर्दा लाग्ने शुल्क, कतिको कारोबार गर्दा कति लाग्छ शुल्क Read Next

राष्ट्र बैंकले तोक्यो वालेटमार्फत राजस्व तिर्दा लाग्ने शुल्क, कतिको कारोबार गर्दा कति लाग्छ शुल्क