गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकल पोखरास्थित गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि सञ्चालनमा ल्याएको उक्त काउण्टर गण्डकी मेडिकल कलेजका प्राध्यापक रवीन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए ।

 

उक्त एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् ।

 

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् कलेजको आर्थिक क्रियाकलाप बैंकिङ प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने बैंकको विश्वास छ ।

 

बैंकले हाल देशभरका २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपालमा पहिलो पटक भाटभटेनी सुपरमार्केटले जापानी खाना ‘बेन्तो’ बेच्दै Read Previous

नेपालमा पहिलो पटक भाटभटेनी सुपरमार्केटले जापानी खाना ‘बेन्तो’ बेच्दै

चाडवाडलाई लक्षित गर्दै खोलेको सहुलियत पसलमा एक सातामा पनि भएन बोहनी Read Next

चाडवाडलाई लक्षित गर्दै खोलेको सहुलियत पसलमा एक सातामा पनि भएन बोहनी