प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन प्रक्रिया अगाडि बढाएको छ । यसैक्रममा इन्स्योरेन्सले आइपीओ निष्काशन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

 

नियामक निकाय बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले आइपीओ निष्काशन गर्न लागेको हो ।

 

कम्पनीले यस अघि नै आइपीओ निष्कासनका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ भने क्रेडिट रेटिङ समेत गराइसकेको छ ।

 

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सांस्कृतिक संस्थानले सीएम ट्रेडिङसँगको ३० वर्षे भाडा सम्झौता तोड्यो, प्राधिकरणसँग नयाँ सम्झौता Read Next

सांस्कृतिक संस्थानले सीएम ट्रेडिङसँगको ३० वर्षे भाडा सम्झौता तोड्यो, प्राधिकरणसँग नयाँ सम्झौता