भारतबाट सबैभन्दा धेरै चामल आयात गर्नेमा नेपाल चोथौ स्थानमा

काठमाडौं। नेपालको खाद्यान्नमा परनिर्भरता झनै बढ्दै गएको छ । कृषिप्रधान मुलुक भनिए पनि उत्पादकत्व वृद्धि गर्न नसक्दा मुख्य खाद्यान्न चामल, गहुँ लगायत आयात दोब्बरले बढ्दै गएको देखिएको छ ।

 

भन्सार विभागका अनुसार गत आवको दुई महिनामा करिब ७ अर्ब खाद्यान्न आयात गरिएकोमा त्यो झन्डै दोब्बरले बढेर १३ अर्ब पुगेको छ ।

 

यसैबीच, भारतबाट धेरै चामल आयात गर्ने विश्वका मुलुकमध्ये नेपाल चौथो स्थानमा परेको छ । भारतीय वाणिज्य विभागको तथ्यांक अनुसार नेपाल भारतबाट चामल निर्यात गर्ने प्रमुख १० ठूला बजारमध्ये नेपाल चौथो स्थानमा रहेको देखाएको छ ।

 

भारतीय आर्थिक वर्ष सन् २०१९/२० मा भारतले कुल ४ खर्ब ५४ अर्ब २६ करोड रुपैयाँ भारु बराबरको चामल निर्यात गरेकोमा त्यसको करिब ४ प्रतिशत नेपालमा निर्यात भएको छ ।

 

भारतीय चामलका मुख्य बजारमा साउदी अरब, इरान, इराक, नेपाल, बेनिन, कुवेत, सोमालिया, गुनिया, कोट डे आइभरि र ओमन छन् ।

 

यद्यपि, भारतीय चामल उत्पादक संघले ‘गैर–बासमती चामल’को मुख्य बजारमध्ये बंगलादेश पनि भएको जनाएको छ । भारतका प्रमुख चामल बजारहरूमध्ये नेपालबाहेक अधिकांश मरुभूमि भएका खाडी मुलुक र अफ्रिकी राष्ट्रहरू छन् ।

पप्पुले अलपत्र पारेको तीनकुने ‘आर्क ब्रिज’को रिटेन्डरको तयारी Read Previous

पप्पुले अलपत्र पारेको तीनकुने ‘आर्क ब्रिज’को रिटेन्डरको तयारी

युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा Read Next

युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा