कतार एयरवेजले २१ हजार शिक्षकलाई निःशुल्क टिकट दिने

काठमाडौं । कतार एयरवेजले विश्वभरका २१ हजार शिक्षकहरुलाई निःशुल्क टिकट दिने भएको छ ।

 

एयरवेजले कोरोना महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकालाई निरन्तर शिक्षा प्रदान गरेको भन्दै शिक्षकहरुको सम्मान स्वरुप विश्‍व शिक्षक दिवस अक्टोबर ५) का उपलक्ष्यमा २१ हजार निःशुल्क टिकट वितरण गर्ने भएको हो ।

 

एयरवेजले यस्तो योजना ७५ देशका शिक्षकहरुलाई प्रदान गरिने जनाएको छ । यी देशका शिक्षकहरुले आफ्नो गन्तव्यको टिकट अनलाइन मार्फत बुकिङ गर्न सक्ने कम्पनीले जनाएके छ ।

 

टिकट अक्टोबर ५ दोहाको समय अनुसार बिहान ४ बजेदेखि शुरु भई अक्टोबर ८ बिहान ३ः५९ बजेसम्म वितरण गरिने एयरवेजले जनाएको छ ।

 

शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन कतारएयरवेज डटकमको थ्यांक यू टिसर्चमा गई आवेदन फाराम भरेर एक युनिक कोड लिनुपर्नेछ र टिकट फर्स्ट कम फर्स्ट सर्भका आधारमा वितरण गरिने कम्पनीले जनाएको छ ।

केरुङबाट भित्रिन थाल्यो दैनिक १० कन्टेनर सामान Read Previous

केरुङबाट भित्रिन थाल्यो दैनिक १० कन्टेनर सामान

सेयर बजारमा ७ महिना यताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता Read Next

सेयर बजारमा ७ महिना यताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता