राष्ट्र बैंकद्वारा लाभांश स्वीकृति कार्यविधि संशोधन, अब यस्ता कम्पनीले मात्र लाभांश बाँड्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा तथा लाभांश स्वीकृति सम्बन्धी कार्यविधि संशोधन गरेको छ ।

 

बैंकले यसअघि २०७२ सालमा जारी ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशित गर्न सहमति तथा लाभांश स्वीकृति गर्ने’ कार्यविधि संशोधन गर्दै नयाँ कार्यविधि जारी गरेको हो ।

 

नयाँ व्यवस्था अनुसार अब सम्पूर्ण प्रारम्भिक खर्च अपलेखन गरेको, अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकी नरहेको, तोकिएको पूँजी तथा न्यूनतम पूँजीकोष कायम गरेको, सम्भावित नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकम छुट्याएको, जगेडा कोषमा विनियोजन गरेको, सर्वसाधारणलाई छुट्याइएको शेयर पूर्ण रुपमा विक्री वितरण गरेको कम्पनीले मात्र लाभांश वितरण गर्न पाउनेछन् ।

 

यस्तै, राष्ट्र बैंकले संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पूँजीकोबढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पूँजीको बढीमा १ प्रतिशत भन्दा बढी हुनेगरी संस्थापक सेयर धारण गर्ने संस्थापकलाई तोकिएको सीमा कायम नगरे सम्म प्रस्तावित नगद लाभांश तथा वोनश सेयर वितरणमा रोक लगाएको छ ।

 

यस्तै, बैंक तथा तथा वित्तीय संस्थाहरूले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा गरेको संस्थापक सेयर लगानी (क्रस होल्डिङ) विक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर लाभांश वितरण रोक्का हुने भएको छ ।

 

त्यस्तै, राष्ट्र बैंकले आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँँजीकोष कायम गर्न नसकेका, तोके बमोजिम मासिक रूपमा औसत ब्याजदर अन्तर कायम गर्न नसक्ने बैंक/वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने व्यवस्था गरेको छ ।

खतिवडाको निर्णय धमाधम उल्ट्याउँदै सरकार, अब पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने Read Previous

खतिवडाको निर्णय धमाधम उल्ट्याउँदै सरकार, अब पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा फरार भारतीय व्यापारी पक्राउ Read Next

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा फरार भारतीय व्यापारी पक्राउ