अब १ रुपैयाँमा होण्डाको मोटरसाइकल र स्कुटर चढ्न पाइने

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले दशैंलाई लक्षित गर्दै ‘हर एक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ल्याएको छ ।

 

यस योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो योजना असोज ११ गतेदेखि छठसम्म लागू हुने कम्पनीले जनाएको छ ।

 

ग्राहकले स्याकार इन्भेष्टमेन्ट सेवा उपलब्ध भएका स्थानहरुमा फाइनान्स योजनामै आकर्षक नगद उपहारका साथै अन्य सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

 

यस योजना अन्तर्गत खरिदकर्ताले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङ, स्पेयर पार्टस्मा ७ % छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट पाउनेछन् ।

 

थप जानकारीका लागि ग्राहकले टोल फ्रि नम्बरहरु १६६००१४६६३२ र ९८०१५७११११ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

कोभिड-१९ बाट सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै दशैंको अवसरमा नेपाली माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याइएको होण्डाले जनाएको छ ।

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा ग्राहकले २० प्रतिशत छुट पाउने Read Previous

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा ग्राहकले २० प्रतिशत छुट पाउने

ठेकेदारको बदमासीले अलपत्र  उपत्यकाका ९ सडकको काम अघि बढाइँदै, यस्तो छ पछिल्लो अवस्था Read Next

ठेकेदारको बदमासीले अलपत्र उपत्यकाका ९ सडकको काम अघि बढाइँदै, यस्तो छ पछिल्लो अवस्था