ठेकेदारको बदमासीले अलपत्र उपत्यकाका ९ सडकको काम अघि बढाइँदै, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार अन्तर्गतका ९ आयोजनाहरूको काम चालू आवमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

ठेकेदारको बदमासी, स्थानीयको अवरोध, कोभिड १९ लगायतका कारण कारण लामो समय अलपत्र परेका ती आयोजनाहरूको काम यसै वर्ष भित्र सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी लक्ष्मण कोइरालाका अनुसार विवादित स्थानमा पनि यथास्थितिमै भए पनि यही आवभित्र सम्पन्न गर्ने गरी अहिले काम भइरहेको छ ।

 

ठेकेदारको बदमासी, स्थानीयको अवरोध, कोभिड १९ लगायतका कारण कारण लामो समयदेखि अलपत्र परेका ती सडकहरूको यथास्थितिमै भए पनि अगाडि बढाएर चालू आवमै सक्ने गरी काम भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ ।

 

उनले सडक विस्तारका क्रममा घरहरू भत्काउन नसकेको खण्डमा यथास्थितिमा काम गर्न मन्त्रालयमा प्रस्ताव गरिएको बताए । ‘अब यही आवमा काम सकिन्छ । नसके याही टुंगो लाग्छ, हामीले यथास्थितिमा भए पनि काम सक्नका लागि भनेर मन्त्रालयमा पत्रचार गरेका छौं,’ सूचना अधिकारी देवकोटाले चाणक्य पोष्टसँग भने ।

 

अहिले केही सडक आयोजनाको काम तीव्र गतिमा भइरहेको छ भने अन्य सडकको पनि दशैं लगत्तै अघि बढाइने उनले बताए । ‘हामी जसरी पनि चालू आवमै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेका छौं, उनले भने, ‘दशैंमा करिब १५ दिन काम बन्द हुने भएपनि त्यसलगत्तै धमाधम काम शुरू हुनेछ । अब पनि काममा अलमल गर्ने ठेकेदारलाई कारबाहीको दायारमा ल्याई जरिवाना समेत तिराउने छौं ।’

 

यस्तो छ उपत्यका सडक विस्तारका ९ आयोजनाको पछिल्लो अवस्था

 

चाबहिल-साँखु सडक

 

यस सडक अन्तर्गत हायात होटलबाट कालोपत्र शुरू गरिएको छ । सो काम १५ दिनभित्र सकिने देवकोटा बताउँछन् । बाँकी चाबहिलदेखि बागमतीसम्म पहिलो तहको कालोपत्र (डीबीएम) सकिएको छ । केही काम बाँकी रहनुका साथै ओभर ले (कालोपत्र) को काम गर्न बाँकी रहेको उनले बताए । सरासर काम भए अबको १ महिनामा चाबहिलदेखि बागमतीसम्मको काम सकिने छ । सबै कन्ट्रयाक्टरले काम शुरू गरेको उनले बताए ।

चाबहिल-साँखु सडकखण्ड आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न हुने भनिए पनि त्यसो हुन सकेन । उक्त सडकखण्डको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेका छन् । झण्डै ५ किलोमिटरको हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

 

चैत ११ गतेबाट लकडाउन शुरू भएसँगै सो खण्डको काम ठप्प रहेको थियो । सो खण्डमा केही साता यता काम शुरू गरिएको छ । चाबहिल–साँखु सडक खण्ड निर्माण २०७१/७२ सालबाट शुरू भएको हो । सो सडकखण्ड अन्तर्गत लामा/समान्तार जेभीले ठेक्का लिएको १ किलोमिटर सडक मात्र निर्माण सम्पन्न भएको छ ।

 

सूचना अधिकारी देवकोटाले अब कुनै अवरोध नभए चाबहिलको पूरै काम ३ महिना जतिमा सकिने बताए । ‘अन्तिम बाहेक सबै काम सरासर गर्दा ३ महिनामा सकिन्छ,’ उनले भने । अन्तिम खण्डमा एक लेनको काम सकिसक्यो भने २ लेनको काम बाँकी छ । बाँकी २ लेनको काम गर्दै जादा केही महिना लाग्ने छ । थली बजार लगायतका क्षेत्रमा घरभत्काउन दिएका छैनन् । त्यस क्षेत्रमा यथास्थितिमा काम गरिए समयमै सकिने अनुमान गरिएको छ ।

 

त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक

 

यस सडक आयोजनाको सडक मर्मतसम्भारकोे मात्र काम बाँकी रहेको छ । कलंकीदेखि उता फुटपाथको काम बाँकी छ भने सतुङगल एरियामा ठेकेदारले काम शुरू गरेका छन् ।

 

दशैँ अघि नै कलंकीदेखि नागढुंगासम्म काम सम्पन्न हुने उनको दाबी छ । त्रिपुरेश्वरदेखि कलंकीसम्म केही बिग्रीएको खण्डमा त्यो पनि मर्मत गरिने उनले बताए । सो काम एक/डेढ महिनामै सकिने भए पनि लकडाउन र बीमा असार साउनका कारण वर्षाले रोकिएको देवकोटाले बताए ।

 

११ किलोमिटर लम्बाई रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गर्न लागिएको हो ।

 

जोरपाटी सुन्दरीजल सडक

 

जोरपाटी सुन्दरीजल सडकमा अहिले सबैभन्दा धेरै प्रगति भएको सूचना अधिकारी देवकोटा बताउँछन् । सो खण्डमा गोकर्ण साइडमा भने काम भइरहेको छ । ७ किलोमिटर लम्बाई यो सडक निर्माण चालू आवभित्र सम्पन्न हुने उनको दाबी छ । साइटमा काम गर्ने ठेकेदार राम्रो परेकाले यसको काम छिटो सम्पन्न हुने उनले बताए ।

सो खण्डमा ९०० घर भत्काउनु पर्नेमा एउटै घर भत्काउन सकिएको छैन भने हाल भएकै स्थितीमा निर्माण गरिने भएको छ । सो खण्डमा काम सम्पन्न गर्नका लागि ठेकेदारले ६ महिनाको म्याद माग गरिएको छ । म्याद थप भएसो खण्डमा ठेकेदारले माघ मसान्तसम्ममा काम सम्पन्न गर्नु पर्ने छ । यस अघि असार मसान्त मै ठेकेदारको समय सकिसकेको थियो ।

 

इमाडोल-सिद्धिपुर-लामाटार सडक

 

यो क्षेत्रमा घरहरू भत्काउने काम सकिसकेको छ । गोदावरी खोलाबाट इमाडोलको सेक्सनमा ग्रेडिङ गर्ने काम बाँकी छ । यसमा मंसिर मसान्तसम्म काम सकिने अनुमान गरिएको छ ।

 

गोदावरी लामाटार खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको थियो । चालू आवमा लामाटारमा समेत ३०/३५ वटा घर भत्काइएको छ । अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढाइने योजनाले जनाएको छ । ८ किलोमिटर लम्बाई रहेको सो सडक चालू आर्थिक वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

 

लगनखेल-सातदोबाटो सडक

 

लगनखेल सातदोबाटो सडक अन्तिम चरणमा रहेको छ । शुरूको मुखमा दुई वटा घर भत्काउन सकिएको छैन । सो ठाउँमा ५ प्रतिशत मात्र काम बाँकी रहेको छ । उक्त स्थानमा यथास्थितिमै काम गरिने भएको छ ।

कुल ८०० लम्बाईको यस सडकको दायाँबायाँका घर भत्काउन स्थानीयले नदिएपछि रोकिएको सडक विस्तार अब यथास्थितिमा बन्ने भएको हो । उक्त सडक निर्माणको काम अबको १ महिनाभित्र सम्पन्न हुने बताइएको छ । सो खण्डमा भत्काउनु पर्ने अवस्थामा रहेका ५५ घर मध्ये १२ घर भत्काउन स्थानीयले अवरोध गरेपछि यथास्थितिमा सडक निर्माण हुने भएको हो ।

 

ढोलाहिटी–चापागाउँ–लेले सडक

 

यो सडक खण्डमा शुरूको सेक्सनमा नयाँ कन्ट्रयाक्टरले काम शुरू गरिसकेको छ । १२ किलोमिटर लम्बाई सो सडक खण्ड विस्तार चालू आर्थिकवर्ष भित्र सम्पन्न गरिने भएको छ ।

 

उक्त सडक खण्डमा विस्तारका क्रममा १ हजार १२० घर भत्काउनु पर्ने भएको थियो । स्थानीयहरूको विरोध र सर्वोच्च अदालतको स्टेअर्डरपछि यथास्थितिमा सडक निर्माण अघि बढाइन लागेको हो ।

 

पेप्सीकोला-सल्लाघारी सडक

 

साढे ४ किलोमिटर सो सडक खण्ड निर्माण पूरा हुन अझै समय लाग्ने भएको छ । सो खण्डमा ४०० घर भत्काउनु पर्ने भएकोमा एउटै घर नभत्काई सडक विस्तार अघि बढाइने भएको छ । यो सडक खण्डमा चालू आवभित्रै काम सम्पन्न गर्नु पर्ने छ ।

चालू आवभित्र उपत्यका विस्तारका सबै काम सक्नु पर्ने उनले बताए । सबै ठेकेदारसँगको सम्झौता सकिने भएकाले यही आवमा काम सम्पन्न नभए त्यही स्थगित हुने उनले बताए । ‘यो चालू आवभित्र कन्ट्रयाक सकिन्छ, काम नसकिए त्यहीँ स्थगित हुन्छ । विस्तार भएन भने यथास्थितिमै गर्छौं भनेर प्रपोजल गरेका छौँ,’ देवकोटाले चाणाक्य पोष्टसँग भने ।

 

कर्मनासा–हरिसिद्धि सडक

 

यससडकखण्डको पनि अहिले तीव्र गतिमा काम भइरहेको छ । कर्मनासामा भर्खर हिमपाइप राख्दै सडक मिलाउने काम भइरहेको छ । यो सम्पन्न गर्न ५ महिना लाग्ने छ ।

 

हिउपाइप हाल्ने र सडक बनाउने गरी ठेकेदारले राम्रो काम गरिरहेको देवकोटाले बताए । गोदावरीको पाटोमा विस्तार सम्भव भएको ठाउँमा विस्तार गरिएको र नभएका ठाउँमा त्यतिकै सडक कालोपत्र गर्ने योजना रहेको छ ।

 

साढे ७ किलोमिटर लम्बाई रहेको यो सडक खण्ड चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । यस सडक खण्डमा हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो सडक चालू आर्थिक वर्षभित्र सम्पन्न गर्न नसके छोड्नुपर्ने अवस्था सृजना हुने देवकोटाले बताउँछन् । सो खण्डमा ४०० घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

 

नख्खुखोला–भैँसेपाटी सडक

 

यस आयोजनाको नख्खु–बुङमतीको पहिलो प्याकेज (नख्खुदेखि भँैसेपाटी हुँदै बुङमतीसम्म) फाइनल भएको छ । बुङमतीदेखि माथि जानेबाटोको काममा भने समस्या देखिएको छ । ठेकेदारले काम गर्न सकिएन भनेर चिठ्ठी पठाएका छन् । आयोजनाले यथास्थितिमा भए पनि काम सक्नु पर्छ भनेको देवकोटाले बताए ।

 

अब १ रुपैयाँमा होण्डाको मोटरसाइकल र स्कुटर चढ्न पाइने Read Previous

अब १ रुपैयाँमा होण्डाको मोटरसाइकल र स्कुटर चढ्न पाइने

अनुगमन टोली पुगेपछि कालीमाटीका व्यापारी पसलै छाडेर भागे Read Next

अनुगमन टोली पुगेपछि कालीमाटीका व्यापारी पसलै छाडेर भागे