३ महिनादेखि बन्द तातोपानी नाका खुल्यो, निर्यात भने नखुल्ने

काठमाडौं । करिब ३ महिनादेखि बन्द तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।

 

नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते भएको तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति अनुसार आजदेखि सो नाकाबाट चिनियाँ सामग्री आउन शुरु गरेको हो ।

 

नाका खुलेसँगै आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए। आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।

 

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

 

चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका खुलेसँगै नाकामा अड्किएका करिब २०० बढी कन्टेनर सामान दशैंअघि नै नेपाल भित्रिने भएको छ ।

 

नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो, दुई बैंकले सवा ३ अर्ब लगानी गर्ने Read Previous

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो, दुई बैंकले सवा ३ अर्ब लगानी गर्ने

अब लाइसेन्स र ब्लुबुक हराएमा अनलाइनबाटै आवेदन दिन सकिने Read Next

अब लाइसेन्स र ब्लुबुक हराएमा अनलाइनबाटै आवेदन दिन सकिने