साउदीले दियो १०५८ नेपालीलाई बहिर्गमन भिसा, ६० दिनभित्र आफ्नै खर्चमा फर्किसक्नुपर्ने

काठमाडौं । खाडीमुलक साउदी अरबले १ हजार ५८ जना नेपालीलाई बहिर्गमन भिसा दिएको छ ।

 

साउदी सरकारले त्यहाँका विभिन्न स्थानमा कार्यरत तर, कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

 

साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये थप ५७ जनाले बहिर्गमन भिसा प्राप्त गरेका हुन् । यसअघि साउदी अरेबियाले १ हजार १ जनालाई बहिर्गमन भिसा दिएको थियो ।

 

साउदीमा अकामा नभएर समस्या परेर स्वदेश फर्कने इच्छा राख्दै दूतावासमा आफ्नो विवरण टिपाउनेलाई बहिर्गमन भिसा दिने गरेको छ ।

 

साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको बहिर्गमन भिसा चाहिन्छ । साउदीमा बहिर्गमन भिसा हुने विदेश कामदार अवैध मानिन्छ ।उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।

 

साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने पनि दूतावासले प्रस्टयाएको छ ।

 

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले रियाद र दमामबाट गर्ने उडानहरुबाट स्वदेश फर्कने तयारी गर्न दूतावासले आग्रह गरेको छ ।

नेपालमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव Read Previous

नेपालमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

यात्रु नहुँदा लामो दूरीका बस मर्कामा, हवाई भाडा उस्तैउस्तै हुँदा बस छाडेर यात्रु जहाज चढ्दै Read Next

यात्रु नहुँदा लामो दूरीका बस मर्कामा, हवाई भाडा उस्तैउस्तै हुँदा बस छाडेर यात्रु जहाज चढ्दै