अब डिशहोममा हिन्दी चलचित्र ‘खाली पिली’ हेर्न पाइने, कति लाग्छ शुल्क

काठमाडौं । डिशहोमले हिन्दी चलचित्र खाली पिली लन्च गरेको छ । विश्वभर कोभिड १९ का कारण सिनेमा हलहरु बन्द रहेको अवस्थामा  सो चलचित्रलाई ग्लोबल लन्च गरेको हो ।

 

डिशहोमबाट यो चलचित्र हेर्नका लागि टोलफ्री नम्बर १६६००१२२०००मा कल गर्न सकिने छ । डिसहोमको ०१-४२१७६६६ अथवा ९८०११५५००० मा पनि सम्पर्क गरेर चलचित्र हेर्नका लागि रिक्वेस्ट गर्न सकिने छ ।

 

यस्तै ३२५०० वा ३२५८० मा एसएमएस गरेर समेत फिल्मका लागि रिक्वेस्ट गर्न सकिने छ ।

 

सो चलचित्र हेर्नका लागि डिशहोम ग्राहकले ५६५ रुपैयाँ तिर्नु पर्ने छ ।

१२ वर्षपछि यती एयरलाइन्सले सिमरा नियमित उडान गर्दै Read Previous

१२ वर्षपछि यती एयरलाइन्सले सिमरा नियमित उडान गर्दै

नेपालमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव Read Next

नेपालमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव