मेगा बैंकले शुरू गर्‍यो किसान कार्ड सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा

काठमाडौं । मेगा बैंकले ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा शुरू गरेको छ ।

 

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् ।

 

किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ ।

 

स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मूलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकूल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको बैंकको दाबी छ ।

 

‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो । ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बीउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् ।

 

यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं,’  बैंककी सीईओ खुञ्जेलीले भनिन् ।

कर बढाएर खतिवडाले गरेको गल्ती सरकारले सच्यायो, अब कति सस्तिन्छ इलेक्ट्रिक कार Read Previous

कर बढाएर खतिवडाले गरेको गल्ती सरकारले सच्यायो, अब कति सस्तिन्छ इलेक्ट्रिक कार

अब पर्यटक बसको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने Read Next

अब पर्यटक बसको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने