सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र खुल्यो, कहाँबाट दिने आवेदन

काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको छ ।

 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ बराबरको ३० लाख कित्ता ‘८.५० प्रतिशत एसबीएल डिबेञ्चर २०८४’ निष्काशन गरेको हो ।

 

निष्काशिन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबरको) ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबरको) सर्वसाधारणका लागि छुट्याएको छ । जसमा ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

 

७ वर्षे अवधि ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले ब्याज दिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा छिटोमा असोज २० गते र सो अवधिमा विक्री नभएमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।

 

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

 

ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आइआर ए माइनस एटदरेट रेटिङ्ग प्रदान गरेको छ।

आफै मिटर रिडिङ गरी अग्रिम महसुल तिरे २५ प्रतिशत छुट पाइने Read Previous

आफै मिटर रिडिङ गरी अग्रिम महसुल तिरे २५ प्रतिशत छुट पाइने

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टि Read Next

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टि