काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १ रूपैयाँ घटाएको हो ।
नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ । निगमले खाना पकाउने ग्यास, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ।
भारतबाट डिजेल र मट्टीतेलमा घटेर नयाँ मूल्य प्राप्त भएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजना गर्दै आएको छ ।