काठमाडौं । सेयर बजारमा आजपनि झिनो अंकको सुधार देखिएको छ । मौद्रिक नीति आएपछिका दुई दिनमा ३१ अंकले ओरालो लागेको बजारमा सोमबार पनि सामान्य सुधार देखिएको थियो । कारोबार रकम सुस्त भए पनि सेयर बजार मापक सूचक नेप्सेमा आजपनि ३ अंकको सुधार आएको छ ।
नेप्से सूचक मंगलबार ३.३९ अंकले बढेर १२५९.३७ विन्दुमा पुगेको छ । आज १७१ कम्पनीको २९ करोड ४३ लाख ५ हजार २३ रुपैयाँको बराबरको १० लाख १३ हजार ७९४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल १२ वटा समूहको सेयर कारोबार भएकामा ८ वटा समूहका सूचक माथि लागेका छन् भने ४ वटा समूहको सूचक ओरालो लागेका छन् ।
निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २२.८२ अंकले उकालो लागेको छ । यस्तै वाणिज्य बैंक समूह पनि २.८५, होटल समूह ५.९९, विकास बैंक ७.३२, हाइडोपावर ३.१९, माइक्रोफाइनान्स १४.७२ र अन्य समूहको १.२४ अंकले माथि लागेको छ ।
यस्तै व्यापार ३.२९, उत्पादन १.४, जीवन बीमा ७.२१ र सामूहिक लगानी कोष ०.०२ अंकले घटेको छ ।
कारोवार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर आज शीर्ष स्थानमा रह्यो । सो बैंकको तीन करोड १६ लाख ६२ हजार ८२० रूपैयाँकाे सेयर खरीद बिक्री भयो ।
खरिदबिक्रीकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र प्रभु बैंक परेका छन् ।नेपाल बैंकको एक करोड ५६ लाख २३ हजार ६७९ रूपैयाँ , प्रभु बैंकको एक करोड ४२ लाख ६७ हजार ३२७ रूपैयाँकाे काराेबार भएकाे छ ।
युनाइटेड इन्स्योरेन्सका शेयरधानीले ९.९९ प्रतिशतका दरले कमाए । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९.८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.५५ प्रतिशतले कमाए ।
यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.४, सिद्धार्थ इन्स्योरेन्स ३.१९, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.१० र सिन्धु विकास बैंकका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।
