डेढ अर्ब लगानीमा झापामा खुल्यो प्रदेश १ कै पहिलो पाँचतारे होटल

झापाको मेचीनगरमा १५० करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ।

 

बङ्गलादेश, भुटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर-८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन्।

 

होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं. १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए।

 

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिए।

 

होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ।

 

होटलमा क्यासिनो सञ्चालन भएपछि ९०० जनो प्रत्यक्ष रोजगारी पाउने भएका छन्। सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरु छन्।

 

झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँच तारे होटल सञ्चालनको तयारीमा छ। उक्त होटलमा एक अर्ब रुपैयाँ लगानी भएको बताइएको छ। रासस

१४ कम्पनीको ३ करोड ८४ लाख कित्ता आइपीओ आउँदै, कुन कम्पनीको कति (सूचीसहित) Read Previous

१४ कम्पनीको ३ करोड ८४ लाख कित्ता आइपीओ आउँदै, कुन कम्पनीको कति (सूचीसहित)

आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन, कुन सामानमा कति पाइन्छ छुट Read Next

आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन, कुन सामानमा कति पाइन्छ छुट