दशैं अघि नै लाभांश दिन माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले

काठमाडौं । माछापुच्छ्रे बैंकले दशैं अघि नै सेयरधनीलाई लाभांश बाँड्न साधारण सभा बोलाएको छ ।

 

बैंकको गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको  १०.४० प्रतिशत लाभांश पारित गर्न कात्तिक ६ गते, २२ औं साधारण सभा डाकेको हो। बैंकको सभा होटल पोखरा ग्राण्ड, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

 

बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको ७.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७३ प्रतिशतका नगद लाभांश गरी कुल १०.४० प्रतिशत लाभांश पारित गर्ने साधरण सभाको मुख्य एजेण्डा रहेको छ ।

 

त्यस्तै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७५७५को वार्षिक प्रतिवेदन पेश गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा ३ जना सञ्चालकको नियुक्त गर्ने लगायत प्रस्ताव साधरण सभामा लैजाने छ ।

 

बैंकले साधारण सभा प्रयोजनका लागि असोज २२ गते बुक क्लोज मिति तोकेको छ । तसर्थ, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले लाभांश पाउन योग्य र साधरण सभामा सहभागि हुन पाउनेछन्।

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गते देखि खुल्ने Read Previous

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गते देखि खुल्ने

फास्ट ट्रयाकमा सुरुङ र पुल बनाउन ४३ अन्तर्राष्ट्रिय कम्पनीले हाले टेन्डर Read Next

फास्ट ट्रयाकमा सुरुङ र पुल बनाउन ४३ अन्तर्राष्ट्रिय कम्पनीले हाले टेन्डर