सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गते देखि खुल्ने

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

सानिमाले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

कम्पनीले निष्काशन गर्न लागेको ३० लाख कित्तामध्ये १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र १ लाख २० हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारीका लागि छुटयाएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।

 

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने आइपीओ निष्काशन पछि १ अर्ब रुपैयाँ पुग्नेछ ।

नेप्सेको अनलाइन प्रयोगकर्ता १ लाख २० हजार पुगे, कुन ब्रोकरमा कति (सूचीसहित) Read Previous

नेप्सेको अनलाइन प्रयोगकर्ता १ लाख २० हजार पुगे, कुन ब्रोकरमा कति (सूचीसहित)

दशैं अघि नै लाभांश दिन माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले Read Next

दशैं अघि नै लाभांश दिन माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले