नेप्सेको अनलाइन प्रयोगकर्ता १ लाख २० हजार पुगे, कुन ब्रोकरमा कति (सूचीसहित)

काठमाडौं । भनिन्छ कुनैपनि महामारीसँगै अवसर र विनास सँगसँगै आउँछ । यसकै पछिल्लो उदाहरण हो नेपाली सेयर बजारमा प्रविधिको प्रयोग ।

 

लकडाउन अघि कुल सक्रिय लगानीकर्ताको ९९ प्रतिशतभन्दा बढीले ब्रोकर कार्यालयमा भौतिक उपस्थिति भएर सेयर कारोबार गर्ने गरेकोमा अहिले पूर्ण अनलाइन प्रणालीबाट कारोबार हुन् थालेको छ ।

 

प्रयोगमा आएको डेढ वर्षसम्म आकर्षण नदेखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाइन प्रणाली (टीएमएस) प्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।

 

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

 

सरकारले कोरोना रोकथामका लागि लगाएको लकडाउन, निषेधाज्ञाका कारण ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित हुन थालेका हुन् ।

 

२०७५ मंसिर २० मा ठूलो तामझामका साथ नेप्सेले प्रयोगमा ल्याएको अनलाइन प्रणाली झन्झटिलो रहेको भन्दै लगानीकर्ता अकार्षित हुन सकेका थिएनन् । तर, ब्रोकर कार्यालयमा गएर कारोबार गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना भएपछि लगानीकर्ता यसप्रति आकर्षित हुन् थालेका हुन् ।

 

नेप्सेले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार असोज १४ गतेसम्म कुल अनलाइन प्रयोगकर्ता (अनलाइन सेयर किनबेचका लागि युजर नेम र पासर्वड लिएका) को संख्या १ लाख २० हजार ४९९ जना पुगेका छन् । यो कुल सक्रिय लगानीकर्ताको करिब ३६ प्रतिशत हो भने कुल लगानीकर्ताको लगानीकर्ताको करिब ७ प्रतिशत हो ।

 

नेप्सेका अनुसार अहिले दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ३ लाख ३७ हजार ३६०जना रहेका छन् । यस्तै सीडीएससीका अनुसार डिम्याट (हिताग्राही) खाता खोल्नेको संख्या करिब १८ लाख नाघेको छ ।

 

गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता साढे २ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या करिब द्धार गुणाले बढेको छ । नयाँ आर्थि वर्ष शुरु भए (साउन) यता मात्रै ८७ हजार ७० अनलाइन प्रयोगकर्ता थपिएका छन् । साउन लागे यता औसतमा दैनिक ८३० जना अनलाइन प्रयोगकर्ता थपिएको नेप्सेले जनाएको छ। गत मंसिरसम्ममा यस्तो संख्या जम्मा करिब १५ हजार हाराहारी मात्र थिए ।

 

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

 

यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

 

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् । यसरी सेयर कारोबारको पैसा समेत लिनरदिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

 

दुई ब्रोकरका अनलाइन प्रयोगकर्ता १० हजार कटे

 

सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये दुई वटा ब्रोकरका ८० प्रतिशत भन्दाबढी ग्राहक अनलाइन प्रयोगकर्ता रहेका छन् । नेप्सेका अनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं.४२ (सानी सेक्युरिटिज)का १० हजारभन्दा १० बढीले हजारभन्दा बढी सक्रिय लगानीकर्ताले अनलाइन (टीएमएस)बाट कारोबार गर्ने गरेका छन् । यी दुवै ब्रोकरमा १३ हजारभन्दा बढी सक्रिय लगानीकर्ता रहेका छन् ।

 

नासा सेक्युरिटिजमा सबैभन्दा बढी १० हजारर ७९० अनलाइन प्रयोगकर्ता रहेका छन् भने ब्रोकर नं. १८ (सगरमाथा सेक्युरिटिज) मा सबैभन्दा कम २४२ जना मात्र अनलाइन प्रयोगकर्ता रहेका छन् ।

 

नेप्सेका अनुसार अहिलेसम्म ४ वटा ब्रोकरमा ४ हजारभन्दा बढी अनलाइन प्रयोगकर्ता छन् । त्यस्तै, ६ वटा ब्रोकरमा ३ हजार बढी, ८ वटामा २ हजार बढी लगानीकर्ताले टीएमएसबाट सेयर कारोबार गर्छन् ।

 

अझै ८ वटा ब्रोकरमा भने अनलाइन प्रयोगकर्ताको संख्या १ हजारभन्दा पनि कम रहेका छन् ।

 

कुन ब्रोकरमा अनलाइन प्रयोगकर्ता कति ?

 

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने Read Previous

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गते देखि खुल्ने Read Next

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ गते देखि खुल्ने