काठमाडौं । माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुलाई लक्षित गरी अतिरिक्त शुल्क नतिरी नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।
बैंकले भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गर्दै बाट भारतका जुनसुकै स्थानबाट अतिरिक्त शुल्क नतिरी नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो ।
भारतबाट पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।यो योजना असोज १२ गतेदेखि २ महिना सम्म लागू हुने बैंकले जनाएको छ ।
बैंकले हाल देशभरका १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस मार्फत बंैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।