सिटीजन्स् लाइफको ७५ लाख कित्ता आइपीओ आउँदै

काठमाडौं । सिटीजन्स् लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीआ) निष्काशन प्रक्रिया अगाडि बढाएको छ ।

 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ७५ करोड रुपैयााँ बराबरको ७५ लाख कित्ता आइपीओ निष्काशनका लागि एनआइबीएल एस क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

 

आइपीओ निष्काशनको लागि इन्स्योरेन्स र एनआइबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

 

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन आइपीओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने आइपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

मुकेश अम्बानीलाई कोरोना फाप्दै, प्रतिघण्टा कमाउँछन् ९० करोड भारु Read Previous

मुकेश अम्बानीलाई कोरोना फाप्दै, प्रतिघण्टा कमाउँछन् ९० करोड भारु

दशैँमा खसीको मूल्य १० प्रतिशतसम्म महँगिने, उपत्यकामा २० हजार खसीबोका अपुग हुने Read Next

दशैँमा खसीको मूल्य १० प्रतिशतसम्म महँगिने, उपत्यकामा २० हजार खसीबोका अपुग हुने